Wednesday, June 8, 2011

कसले,कसरी,कति नेपाली जनताको रगत र पसिनामा मोज मस्ती गरेका छन् |

नेपाली जनताको हकहित र नेपालको बिकासको लागि नेपाललाई परिबर्तन गर्छु नेपाली जनता लाई शुख सान्ति र सम्बृद देश को निर्माण गर्छु भनेर नेपाल आमालाई साछी राखी कसम खायर दरबार पुगेका नेपाली मानब रुपी भुस्या कुकुर हरुले सोझा नेपाली हरुलाई कति मारमा पारेका छन्त आफु सुख सयल र मोज मस्ती गर्दै देश र जनता को सिरमा गिर खेल्न पाय पछि केनै चाहियोर |
हेर्नुस देश र जनताको विकास र सम्ब्रिदिमा लागेका हरुले भोगचलन गरे का सुख सुभिधाहरु ::-
सरकारले निश्चित मापदण्ड बिनै पहुचका आधारमा राज्यको स्रोत र साधन वितरण गरेको छ | ६०१ सभासद हरुलाई महिनाको तलब भत्ता गरि ५१००० प्रदान गर्ने गरे को छ र तेस्मा पनि सबारी साधन,सुरक्षा को लागि पनि भिन्दै खर्च हुने गर्दछ |
अब हेर्नुस वर्तमान प्रधानमन्त्री,रास्टपति,पुर्बप्रधान्मंत्री,र मन्त्रीहरुले कति सरकारी सम्पति भोगचलन गरेका छन् |
रास्टप्रमुख रास्टपति रामबरण यादब:- एक जिप एक कार मासिक ३ सय १० लिटर तेल १९६ सुरक्षाकर्मी १८ जना निजामती कर्मचारी ,पत्रपत्रिका ,अतिथि सत्कार खर्च मासिक १ लाख र मोबाइल फोन प्रयोग गर्ने गरेका छन् |
प्रधानमन्त्री झलनाथ खनाल :- दुइ कार ,दुइ जिप,माज्दा पिकप ३,निसान जिप १, मासिक १ हजार लिटर तेल ,सशस्त्र बाट ३८ र नेपाल प्रहरी बाट ५० सुरक्षाकर्मी लियका छन् र त्येसका साथै प्रधानमन्त्री कार्यालय कालागि किया रियो कार १, स्कर्पियो जिप १ , टोयोटा ल्याण्डक्रुजर जिप १ प्रयोग गर्ने गरेको छन् |
उपप्रधान तथा अर्थमन्त्रि भरतमोहन अधिकारी :-१ गाडी, टेल्को गाडी १, चलाक १, सेना १२,सशस्त्र ८ र २ जान प्रहरी छन् र यसको साथै अर्थमन्त्री निजि सचिबालयको लागि टोयोटा जिप १, हुन्डाई सेन्ट्रो २, महिन्द्रा स्कपियो १ प्रयोग गरेका छन् |
उपप्रधान तथा गृहमन्त्रि कृष्ण बहादुर महरा :-१ गाडी, निसान जिप १, टेल्को गाडी १, ६ जना सशस्त्र बाट र २ जना प्रहरी लियका छन् |
पूर्वप्रधानमन्त्रीहरु :-
पुष्पकमल दाहाल :-१ गाडी, टाटा टेल्को गाडी १, बलेरो जिप १, मासिक ३०० लिटर तेल, घर भाडा,बिजुलीको लागि मासिक ८० हजार सशस्त्र २३ जना,प्रहरी १० जना |
माधबकुमार नेपाल :-१ गाडी, माज्दा जिप १,मासिक ३०० लिटर तेल, १ चालक,सशस्त्र १२ र प्रहरी जना |
सेरबहादुर देउवा:- २ गाडी मासिक ३०० लिटर तेल ,२ चालक, २१ सशस्त्र र प्रहरी ३ जना |
लोकेन्द्रबहदुर चन्द :-१ गाडी, मासिक २०० लिटर तेल, सशस्त्र १२ र प्रहरी ७ जान |
सुर्य बहादुर थापा :-२ गाडी,३०० लिटर तेल, १४ सशस्त्र र प्रहरी २ जना |
मरिचमान सिंह:-प्रहरी २ जना |
पूर्वगृमन्त्रिहरु:-
केपी ओली:-२ गाडी, टाटा टेल्को पिकअप १, ४५० लिटर तेल, सशस्त १७ र प्रहरी १० जना |
भिम रावल:-१ गाडी, टाटा टेल्को गाडी १, मासिक २०० लिटर तेल, चालक १, सशस्त्र १५ र प्रहरी ६ जना |
रामचन्द्र पौडेल:-१ गाडी, मासिक २०० लिटर तेल , चालक १ सशस्त्र १० र प्रहरी २ जना |
बामदेब गौतम:-१ गाडी,माज्दा जिप १, मासिक २०० लिटर तेल, सशस्त्र १४ र प्रहरी २ जना |
कृष्णप्रसाद सिटौला:-१ गाडी , मासिक २०० लिटर सशस्त्र १० र प्रहरी २ र चालक १ जना |
खुमबहादुर खड्का:- १ गाडी ,मासिक १०० लिटर तेल , चालक १ ,सशस्त्र ९ र प्रहरी २ जान |
पूर्णबहादुर खड्का:-२ गाडी,मासिक २०० लिटर तेल सशस्त्र १२ प्रहरी २ जना |
गोबिन्‍दबहादुर जोशी:-सशस्त्र ७ र प्रहरी २ जना |
बुद्धिमान तामांग:- प्रहरी १ जना |
निरन्जन थापा:-प्रहरी २ जना |
कमल थापा:-प्रहरी ३ जना |
दानबहादुर शाही:-प्रहरी १ जना |

Tuesday, June 7, 2011

गोर्खा नेपाल ब्रिटेन सम्बन्धको मुल आधार - राजदुत चालीसे

बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेले गोर्खाहरु नेपाल ब्रिटेन सम्बन्धको मुल आधार भएको बताएका छन । नेपाल बेलायत सम्बन्ध कुनै नेता तथा राजदुतले बनाएको नभई गोर्खाहरुको बहादुरीकै कारण मजबुद भएको उनले बताए । नेपाल मगर संघ युकेले २५५५ औं बुद्व जयन्तीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा राजदुत चालीसेले बहादुर दिप प्रसाद पुन तथा भिक्टोरीया क्रस विजेताहरुले नेपालको शिर उचो राखेको दावी गरे । आफ्नो करीब १५ महिना बेलायत बसाईका क्रममा बेलायती महारानी देखि प्रधानमन्त्री सम्मले गोर्खाहरुको वीरता केलाएको राजदुतले स्मरण गरे । क्यास्पीसियस अवार्ड विजेता सार्जन दिप प्रसाद पुनलाई सम्मान गर्दै राजदुतले नेपाल बेलायत सम्बन्धमा नयां आयाम थपिएको बताए ।

कार्यक्रममा नेपाल मगर संघ युकेका अध्यक्ष रिटायर्ड मेजर कुल बहादुर थापाले नेपालमा अझै संविधान बन्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले नयां बन्ने संविधानले सबै जनजातीहरुको भावना प्रतिनिधित्व गर्नुपर्ने बताए । थापाले नेपाली नेताहरुमा देशप्रतिको चिन्ता कम भएको बताउंदै बुद्व भगवानले सद्बुद्धि दिउन भन्ने कामना गरे । फार्नबरोस्थित रग्बीक्लव मैदानमा भएको कार्यक्रममा मगर संघ युकेका उपाध्यक्ष दुध बहादुर पुनले अतिथिहरुलाई स्वागत गरेका थिए । त्यस्तै अर्का उपाध्यक्ष हेम थापाले बुद्धत्वका बारेमा प्रकाश पारे ।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो खण्डमा भगवान गौतम बुद्धको पुजा आराधना गरीएको थियो । दोश्रो चरणमा नेपालबाट बोलाइएका कलाकार तथा स्थानीय सांस्कृतिक टोलीहरुले नाचगान गरी रमाइलो मनाएका थिए । कार्यक्रममा दोहारी गायक रामजी खांणले आधा दर्जन बढि गितहरु गाए । त्यस्तै नव गायीका रुपा रानाले स्टेजमा सयौं दर्शकहरुलाई नचाइन । कार्यक्रममा युवा कलाकारहरुले शहिद लखन थापाको जीवनीमा आधारीत नाटक प्रदर्शन गरेका थिए । सांस्कृतिक कार्यक्रमको साचालन विसन थापा तथा रुपा रानाले गरेका थिए ।

करीब २ हजार दर्शकहरु रहेको सो कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधहरु व्यापारी तथा फार्नबरो क्षेत्रका काउन्सीलरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दुतावासका उपनियोग प्रमुख झपेन्द्र अर्याल काउन्सीलर गणेश अधिकारी एन आर एन अध्यक्ष सुर्य गुरुङ उपाध्यक्ष कुल आचार्य विजय थापा नेपाली टेलीभिजनका सीइओ मोहन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली जनप्रगतिशील मञ्च, कतार - प्रेस विज्ञप्ति

नेपाली जनप्रगतिशील मञ्च, कतार

पत्र संख्याः ००६-०११ मितिः ०५ जुन २०११

प्रेस विज्ञप्ती


नेपाली जनप्रगतिशील मञ्च आफैमा मजदुर हक, हित र अधिकारको लागि निरन्तर र अविचल ठग, दलाल र मानवतस्करहरुका विरुद्ध लडिरहने लामो इतिहास भएको प्रवासी मजदुरहरुको संगठन हो । श्रमिकहरुको दुःख र सुखलाई आफ्नै ठानेर अघि बढ्ने संस्थाहरु वीच विभिन्न क्षेत्रबाट सहयोग र समर्थन गर्नु हामी हाम्रो जिम्मेवारी र कर्तव्य दुवै ठान्छौ तर मजदुरहरुको हित विपरित आफ्ना स्वार्थहरुलाई सर्वोपरि ठान्दै मुठ्ठीभर व्यक्तिहरुको हितलाई न्युक्लियस मान्दै घुम्ने संस्थाहरु वास्तवमा श्रमिकहरुका प्रतिनिधित्व गर्न सक्दैनन् भन्ने मान्यतामा हामी सधै अडिग छौ । यही सिद्धान्तका कारण आफुलाई श्रमिकहरुको ठेकेदार सम्झने तर बास्तविकतामा सिमित व्यक्तिहरुको हितमा मात्र केन्द्रित हुने थलोको रुपमा एनआरएनए कतार विकसित भएको सम्पुर्ण श्रमजीविहरुमा जानकारी गराउन चाहन्छौ । तिनै व्यक्तिहरुले विगतका बर्षहरुमा आफ्नै कम्पनीका मजदुरुहरुलाई एकमुष्ठ रुपमा पार्षद दर्ता गरि षड्यन्त्र पुर्ण ढंगले चुनाव जित्दै आएको इतिहास हामीसँग अझै साक्षी छ । यसबर्षपनि एनआरएनए कतारको चुनाव नजिकिदै गर्दा पार्षद सदस्यहरुको लागि सदस्यता वितरणको लागि दौडधुप गरिरहेका छन् र हाम्रा संगठन भित्रका केही व्यक्तिहरुलाई पनि व्यक्तिगत रुपमा विभिन्न प्रलोभन देखाउने काम गरिरहेका छन् । तर हाम्रो संगठनको स्पष्ट धारणा के हो भने हिजोका दिनहरुमा एनआरएनएले वास्तविक मजदुरहरुको पक्षमा सिन्को पनि भाँच्न नसकेको कारण अबका दिनहरुमा पनि श्रमिकहरुको हितमा काम गर्छ भनेर विश्वास गर्न सक्दैनौ । तसर्थ एनआरएनए कतारले मुठ्ठीभर व्यक्तिहरुको पक्षमा नभई समग्र मजदुरहरुको हक, हित र अधिकारका लागि काम गर्ने पुर्ण प्रतिवद्ध र ग्यारेन्टी गर्दै आम मजदुरहरुको समावेशी रुपमा प्रतिनिधित्वको सुनिश्चितता नभएसम्म एवं अर्को सुचना जारी नभएसम्म एनआरएनएको पार्षद सदस्यता नलिनको लागि सम्पुर्ण श्रमजीवि समर्थक, शुभचिन्तक तथा मञ्चसँग आवद्ध सदस्यहरुमा नेपाली जनप्रगतिशील मञ्च कतार हार्दिक अपिल गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित ⁄

होमनाथ शर्मा
अध्यक्ष
नेपाली जनप्रगतिशील मञ्च, कतार
केन्द्रिय समिति

अन्तर समाज लोकनृत्य प्रतियोगितामा गोर्खा जिल्ला तमु समाज विजयी

बेलायतमा रहेका नेपाली प्रतिभाहरुबीच बेलायतस्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । तमुधिं लण्डनले आयोजना गरेको यस लोकनृत्य प्रतियोगितामा गोर्खा जिल्ला तमु समाज विजयी भयो । विजयी समाजले नगद ८ सय पाउण्डका साथै बुद्ध रनिङ शिल्ड हात पर्‍यो । प्रतियोगितामा ६ टिमले भाग लिएका थिए ।

त्यस्तै भेरी अञ्चल गाउँले समाज र ननिटन गोर्खा नेपाली कल्चरल ग्रुप क्रमश: द्धितिय र तृतिय भएका छन् । विजयीहरुलाई नेपाली राजदुत डा. सुरेश चन्द्र चालीसेले पुरस्कार र शिल्ड वितरण गरेका थिए । तमुधिं लण्डनमा अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै डा. चालीसेले कला र संस्कृति प्रवासमा अझै मौलाई रहेको टिप्पणी गरे । उनले कलाको माध्यमबाट नेपालको विकासमा प्रवासीहरुले उलेख्य भुमिका निर्वाह गर्न सक्ने बताए । नेपालको पर्यटन विकासमा समेत यसबाट सकारात्मक सन्देश जाने चालीसेको बुझाई थियो ।

कार्यक्रममा अध्यक्ष चित्र बहादुर गुरुङको स्वागत मन्तव्य पछि उपाध्यक्ष सुश्री टिका गुरुङले अतिथिहरुलाई खादा माला पहिर्‍याएकी थिइन् । नृत्य प्रतियोगिताका को-अर्डिनेटर महेश घलेले हेल्थ एण्ड सेफ्टी सम्बन्धि जानकारी गराएका थिए । दुइ चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा बुद्ध जयन्ती पुजा गरीएको थियो भने दोश्रो चराणमा लोक नृत्य प्रतियोगिता भएको थियो । दोश्रो चरणको कार्यक्रमको शुरुमा गुरुङ संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गरीएको थियो । कार्यक्रमको उद्घोषण प्रेम गुरुङ तथा हाउजीङ को-अर्डिनेटर शिवशरण गुरुङले गरेका थिए । कार्यक्रममा तमुधिं युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, ह्यारो वेष्टका सभासद् ग्यारेथ थोमस लगायतले मन्तव्य दिएका थिए । प्रतियोगितामा नेपाल टप टी का होम परियार तथा ग्रेग विलियम्स एभरेष्ट क्यास एण्ड क्यारीका लक्ष्य गुरुङ र गोर्खा ग्लोबल सेक्युरीटिका डेम बहादुर गुरुङले सहयोग गरेका थिए ।

यसअघि भएको बुद्ध पुर्णिमा पुजाका कोअर्डिनेटर क्या रिटायर्ड नारायण प्रसाद गुरुङका अनुसार बुद्ध भगवानको पुजा पाठ र प्रवचन गरीएको थियो । लामा गुरुहरु ह्वाङ घले धर्म गुरुङ र मिसेस चिजा गुरुङले करीब ४ घण्टा लामो प्रवचन दिएका दिए । सो अवसरमा भक्तजनहरुले वत्ति बाली भगवान गौतम बुद्धको पुजा आराधना गरी आर्शिबाद थापेका थिए । कार्यक्रममा तमुधि युकेका उपाध्यक्ष एन आर एन उपाध्यक्ष महेन्द्र कंडेल, सहारा युकेका नविन गुरुङ, गोर्खा वेलफेयर सोसाइटिका नरबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।
back to top