Tuesday, June 7, 2011

अन्तर समाज लोकनृत्य प्रतियोगितामा गोर्खा जिल्ला तमु समाज विजयी

बेलायतमा रहेका नेपाली प्रतिभाहरुबीच बेलायतस्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । तमुधिं लण्डनले आयोजना गरेको यस लोकनृत्य प्रतियोगितामा गोर्खा जिल्ला तमु समाज विजयी भयो । विजयी समाजले नगद ८ सय पाउण्डका साथै बुद्ध रनिङ शिल्ड हात पर्‍यो । प्रतियोगितामा ६ टिमले भाग लिएका थिए ।

त्यस्तै भेरी अञ्चल गाउँले समाज र ननिटन गोर्खा नेपाली कल्चरल ग्रुप क्रमश: द्धितिय र तृतिय भएका छन् । विजयीहरुलाई नेपाली राजदुत डा. सुरेश चन्द्र चालीसेले पुरस्कार र शिल्ड वितरण गरेका थिए । तमुधिं लण्डनमा अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै डा. चालीसेले कला र संस्कृति प्रवासमा अझै मौलाई रहेको टिप्पणी गरे । उनले कलाको माध्यमबाट नेपालको विकासमा प्रवासीहरुले उलेख्य भुमिका निर्वाह गर्न सक्ने बताए । नेपालको पर्यटन विकासमा समेत यसबाट सकारात्मक सन्देश जाने चालीसेको बुझाई थियो ।

कार्यक्रममा अध्यक्ष चित्र बहादुर गुरुङको स्वागत मन्तव्य पछि उपाध्यक्ष सुश्री टिका गुरुङले अतिथिहरुलाई खादा माला पहिर्‍याएकी थिइन् । नृत्य प्रतियोगिताका को-अर्डिनेटर महेश घलेले हेल्थ एण्ड सेफ्टी सम्बन्धि जानकारी गराएका थिए । दुइ चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा बुद्ध जयन्ती पुजा गरीएको थियो भने दोश्रो चराणमा लोक नृत्य प्रतियोगिता भएको थियो । दोश्रो चरणको कार्यक्रमको शुरुमा गुरुङ संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गरीएको थियो । कार्यक्रमको उद्घोषण प्रेम गुरुङ तथा हाउजीङ को-अर्डिनेटर शिवशरण गुरुङले गरेका थिए । कार्यक्रममा तमुधिं युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, ह्यारो वेष्टका सभासद् ग्यारेथ थोमस लगायतले मन्तव्य दिएका थिए । प्रतियोगितामा नेपाल टप टी का होम परियार तथा ग्रेग विलियम्स एभरेष्ट क्यास एण्ड क्यारीका लक्ष्य गुरुङ र गोर्खा ग्लोबल सेक्युरीटिका डेम बहादुर गुरुङले सहयोग गरेका थिए ।

यसअघि भएको बुद्ध पुर्णिमा पुजाका कोअर्डिनेटर क्या रिटायर्ड नारायण प्रसाद गुरुङका अनुसार बुद्ध भगवानको पुजा पाठ र प्रवचन गरीएको थियो । लामा गुरुहरु ह्वाङ घले धर्म गुरुङ र मिसेस चिजा गुरुङले करीब ४ घण्टा लामो प्रवचन दिएका दिए । सो अवसरमा भक्तजनहरुले वत्ति बाली भगवान गौतम बुद्धको पुजा आराधना गरी आर्शिबाद थापेका थिए । कार्यक्रममा तमुधि युकेका उपाध्यक्ष एन आर एन उपाध्यक्ष महेन्द्र कंडेल, सहारा युकेका नविन गुरुङ, गोर्खा वेलफेयर सोसाइटिका नरबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

back to top