Tuesday, June 7, 2011

अखण्ड दिपका लागी अमेरीकावाट जोशीको सहयोग

जेष्ठ २० गते । गोरखाको ऐतिहासीक एवं पवित्र तिर्थ स्थल मध्ये गोरखा सदरमुकाम भित्र रहेको गोरखनाथ गुफामा बालीएको अखण्ड दिपका लागी गोरखावाट प्रवास गै रोजगारी गर्दै आउनु भएका एक दाताले एक वर्षका लागी तेल उपलब्ध गराउने भएको छ ।

देशमा शान्तिको कामना गर्दै गोरखनाथका नाथ समुदायले गत ०६५ साल देखी गुफामा बाल्दै आएको अखण्ड दिपका लागी तेल अभाव भएको समाचार गोरखाली अनलाईन डटकममा पढे पछि गोरखा नगरपालिका वडा नम्वर १ धारापानी हाल अमेरीकाको क्यालीफोर्नीया निवासी शिव जोशीले सहयोग उपलब्ध गराउने बचन दिनु भएको हो ।

सहयोग स्वरुप आजै जोशीले पहिलो चरण अन्तरर्गत ३ महिनाका लागी ४५ लि.तोरीको तेल उपलब्ध गराउनु भएको छ भने अन्य बाँकी तेल अभावका वेला समय अनुसार उपलब्ध गराउने वहाँका सहयोगी श्रवण जोशीले वताउनु भयो ।

प्राप्त तेल आजै विहान एक कार्यक्रम विच नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष तथा गोरखाली अनलाईन डटकमका गोरखा सम्पादक कैलासवावु श्रेष्ठले गोरखनाथका मुल पुरोहित प्रदिप योगीलाई हस्तान्तरण गर्नुहुदै प्राप्त तेललाई सदुपयोग गर्न आग्रह गर्नु भएको थियो । वहाँले पत्रकारीताको क्षेत्र वाट गर्न सकिने अन्य सहयोग भए सो समेत उपलब्ध गराउने वताउनु भयो ।

दैनिक एक माना तेल चाहिने अखण्ड दिपका लागी हाल सम्म गोरखनाथका पुजारीहरुले जोगाड गर्दै चलाउदै आएको पुजारी प्रदिपनाथ योगी वताउनु हुन्छ ।

No comments:

Post a Comment

back to top