Tuesday, June 7, 2011

नेपाली जनप्रगतिशील मञ्च, कतार - प्रेस विज्ञप्ति

नेपाली जनप्रगतिशील मञ्च, कतार

पत्र संख्याः ००६-०११ मितिः ०५ जुन २०११

प्रेस विज्ञप्ती


नेपाली जनप्रगतिशील मञ्च आफैमा मजदुर हक, हित र अधिकारको लागि निरन्तर र अविचल ठग, दलाल र मानवतस्करहरुका विरुद्ध लडिरहने लामो इतिहास भएको प्रवासी मजदुरहरुको संगठन हो । श्रमिकहरुको दुःख र सुखलाई आफ्नै ठानेर अघि बढ्ने संस्थाहरु वीच विभिन्न क्षेत्रबाट सहयोग र समर्थन गर्नु हामी हाम्रो जिम्मेवारी र कर्तव्य दुवै ठान्छौ तर मजदुरहरुको हित विपरित आफ्ना स्वार्थहरुलाई सर्वोपरि ठान्दै मुठ्ठीभर व्यक्तिहरुको हितलाई न्युक्लियस मान्दै घुम्ने संस्थाहरु वास्तवमा श्रमिकहरुका प्रतिनिधित्व गर्न सक्दैनन् भन्ने मान्यतामा हामी सधै अडिग छौ । यही सिद्धान्तका कारण आफुलाई श्रमिकहरुको ठेकेदार सम्झने तर बास्तविकतामा सिमित व्यक्तिहरुको हितमा मात्र केन्द्रित हुने थलोको रुपमा एनआरएनए कतार विकसित भएको सम्पुर्ण श्रमजीविहरुमा जानकारी गराउन चाहन्छौ । तिनै व्यक्तिहरुले विगतका बर्षहरुमा आफ्नै कम्पनीका मजदुरुहरुलाई एकमुष्ठ रुपमा पार्षद दर्ता गरि षड्यन्त्र पुर्ण ढंगले चुनाव जित्दै आएको इतिहास हामीसँग अझै साक्षी छ । यसबर्षपनि एनआरएनए कतारको चुनाव नजिकिदै गर्दा पार्षद सदस्यहरुको लागि सदस्यता वितरणको लागि दौडधुप गरिरहेका छन् र हाम्रा संगठन भित्रका केही व्यक्तिहरुलाई पनि व्यक्तिगत रुपमा विभिन्न प्रलोभन देखाउने काम गरिरहेका छन् । तर हाम्रो संगठनको स्पष्ट धारणा के हो भने हिजोका दिनहरुमा एनआरएनएले वास्तविक मजदुरहरुको पक्षमा सिन्को पनि भाँच्न नसकेको कारण अबका दिनहरुमा पनि श्रमिकहरुको हितमा काम गर्छ भनेर विश्वास गर्न सक्दैनौ । तसर्थ एनआरएनए कतारले मुठ्ठीभर व्यक्तिहरुको पक्षमा नभई समग्र मजदुरहरुको हक, हित र अधिकारका लागि काम गर्ने पुर्ण प्रतिवद्ध र ग्यारेन्टी गर्दै आम मजदुरहरुको समावेशी रुपमा प्रतिनिधित्वको सुनिश्चितता नभएसम्म एवं अर्को सुचना जारी नभएसम्म एनआरएनएको पार्षद सदस्यता नलिनको लागि सम्पुर्ण श्रमजीवि समर्थक, शुभचिन्तक तथा मञ्चसँग आवद्ध सदस्यहरुमा नेपाली जनप्रगतिशील मञ्च कतार हार्दिक अपिल गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित ⁄

होमनाथ शर्मा
अध्यक्ष
नेपाली जनप्रगतिशील मञ्च, कतार
केन्द्रिय समिति

No comments:

Post a Comment

back to top